भारतसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं (खेलदैनिक) । आठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तरगत नेपाल फुटबल टिम (कतार) ले चिरप्रतिद्वन्द्वी भारतसँग १–१ को बराबरी खेलेको छ ।

अल अरबी रंगशालामा भएको समूह ए तर्फको आफ्नो दोस्रो खेलमा नेपालले शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा हारको सामना गर्नुपर्यो ।

खेल शुरु भएको सातौं मिनटमै राकेश सापकोटाको क्रस पासमा दिल्ली पाराहाङ लिम्बुले नेपाललाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए । तर, नेपालले त्यो अग्रता धेरैबेर जोगाउन सकेन ।

उता गोल खाए लगतै १२औं मिनटमै भारतले नेपाली कमजोर रक्षापंक्तिको फाईदा उठाउँदै बराबरी गोल फर्काएको थियो । त्यसपछिको अधिकांश समय दुवै टोलीले गोल प्रयास गरे तापनि सफल भएनन् ।

स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५–० ले हराएको थियो । समूह ए मा नेपालसँगै, भारत, बंगलादेश, इण्डोनेसिया, दक्षिण कोरिया र फिलिपिन्स रहेका छन् ।

प्रतियोगिता अन्तरगत नेपालले १३ फेब्रुअरीका दिन फिलिपिन्ससँग खेल्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...