पोखरा: मैत्रिपूर्ण फुटबलमा डक्टर विजयी

फागुन २७, पोखरा / गण्डकी मेडिकल कलेजका डाक्टर र कास्कीका खेलकुद पत्रकारहरु बिच भएको मैत्रिपूर्ण फुटवलमा डाक्टरको टोली विजयी भएको छ । लेखनाथस्थित कलेजको मैदानमा भएको खेलमा डाक्टर टोलीले नेपाल खेलकुद पत्रकार मञ्चको टोलीलाई ४–२ गोलले पराजित गरेको हो ।

खेलमा डाक्टरको टोलीका तर्फबाट अमर कोइरालाले २ तथा विवेक रंजित र मदन थापाले एक एक गोल गरे । पत्रकारको तर्फबाट सुरज श्रेष्ठ र प्रविण मगरले एक एक गोल गरेका थिए । दोश्रो हाफमा मात्रै गोल गर्न सकेको पत्रकारको टिमबाट प्रविणको पासमा सुरजले पहिलो गोल गर्दै टोलिका लागि गोलको खाता खोलेका थिए । सुरजकै पासरमा प्रविणले डि–बक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मध्यान्तर अगाडी पत्रकारको तर्पmबाट मन क्षेत्रीको दुई वटा प्रहार गोलपोष्ट माथिबाट बाहिरीको थियो भने डिफेन्स लाइनबाट दिपक गोदारले केहि उत्कृष्ट बचाउ गरेका थिए ।

मैत्रिपूर्ण खेलमा डाक्टरको टोलीबाट गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार खनाल, प्रोफेशर डाक्टर रबिन्द्र श्रेष्ठ, सिएओ कृष्ण घिमिरे लगायत मैदान उत्रिएका थिए । पर्चेज इन्चार्ज कृष्ण पौडेलभने मैदानमा छिर्ने क्रममै घाइते भएको थिए । उनको दाहिने खुट्टा मर्किएको छ । एकवर्ष अगाडी पौडेलको सोही खुट्टा भाँच्चिएको थियो । खेल पश्चात सिइओ खनाल, डा.रबिन्द्र श्रेष्ठ तथा खेलकुद पत्रकार मञ्च कास्की अध्यक्ष केशब पाठकले आ–आफ्नों मन्तव्य राख्दै मैत्रिपूर्ण खेलले आपसी सद्भावको विकास गर्ने औल्याएका थिए ।

गण्डकी मेडिकल कलेजले नवौं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापि खेलकुद कार्यक्रमको आयोजना गरेको छ । सोही प्रतियोगिताको पहिलो दिन पत्रकार र डाक्टर टोलीहरुको मैत्रिपूर्ण फुटवल सम्पन्न भएको हो । प्रतियोगिता अन्र्तगत शनिबार बिहान ८ किलोमिटर खुल्ला सडक दौड प्रतियोेतिगा हुँदै छ । प्रतियोगिता गण्डकी मेडिकल कलेज पृथ्वीचोकबाट शुरु भई लेखनाथ रिठेपानीमा पुगेर समापन हुने खेलकदु कार्यक्रम संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए ।

प्रतियोतिगामा प्रथम हुनेले नगद १५ हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजारका साथमा मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने उनले जानकारी दिए । त्यसैगरि कलेजमा अध्यायनरत छात्र÷छात्राहरुविच अन्तर ब्याच बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस, फुटसल लगायतका प्रतियोगिताहरु पनि सञ्चालन गरिने गौतमले जानकारी दिए ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ कलेजले हरेक वर्ष सञ्चालन गर्दै आएको यस्तो प्रतियोगिताले सिनियर र जुनियर विद्यार्थीहरुविचको सम्बन्ध सुमधुर पनि बन्ने एशोसियट प्रोफेशर समेत गरेका गौतमले बताए । प्रतियोगितामा विभिन्न नौ टिमबिच प्रतिस्पर्धा हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...