बेस्ट ग्रुप क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । बेस्ट ग्रुप भिजन नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा बेस्ट ग्रुपले विश्व विद्या मन्दिरलाई २–० गोलले पराजित गर्यो । बेस्ट ग्रुपका राम शरणले १ गोल गरे भने बाँकी १ गोल आत्माघाती थियो ।

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगितामा लाइसियम र न्यु होली क्रस पनि क्वाटरफाइनलमा पुगे ।

लाइसियमले अन्नपूर्णलाई २–० गोलले हरायो । लाइसियमका निशान लाम्गाडे र प्रवीण लिम्बूले १–१ गोल गरे । न्यु होली क्रसले नेपाल तारालाई टाइब्रेकरमा ५–४ गोलले पाखा लगायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...