नेपाली राष्ट्रिय टोलि २७ सदस्यमा झारियो

नेपाल कोच गोयोतुकु कोजीले ३६-सदस्य नेपाली राष्ट्रिय फुटबल टोलिबाट दोस्रो चरणमा आज २७ खेलाडी छनोट गरेका छन् ।

नेपालले फिलिपिन्ससँग एएफसी एसियन कप क्वालिफायर्स २०१९ अन्तर्गत पहिलो अवे खेल मनिला मा मार्च २८ मा खेल्दैछ ।

हेमन्त थापा मगर , सुनिल बाल्, दिपक गुरुङ् , बिश्व अधिकारी, दिनेश राजवंशी, बिमल पान्डे, युबराज खड्का र रवि पस्वान् टोलिमा अटाउन सकेनन् ।

कोजिले २०-सदस्य अन्तिम टोलिको घोषणा केहि समय पछि गर्ने छन् ।

२७ खेलाडीहरु:
गोलरक्षक : बिकेश कुथु, किरण कुमार लिम्बु, विशाल श्रेष्ठएलान नयौपाने ।
डिफेन्डर : रविन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रन्जित धिमाल, जितेन्द्र कार्की, बिमल बस्नेत ।
मिडफिल्डर : बिक्रम लामा, रोहित चन्द, मान बहादुर तामाङ, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा, राजेन्द्र रावल ।
फरवार्ड : अनिल गुरुङ, बिमल घर्ती मगर, रन्जन बिष्ट, भरत खवास, कर्ण लिम्बु ।


प्रतिक्रिया दिनुहोस

Loading...