नेक्सस र न्यु भिजन विजयी

काठमाडौं (खेलदैनिक) । नेक्ससले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।

फिजमको आयोजनामा भइरहेको प्रतियोगितामा नेक्ससले ग्रिनविचलाई २–० गोलले पराजित गर्यो । नेक्ससका लागि दुवै गोल शिव आले मगरले गरे ।

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा न्यु भिजन एकेडेमीले हेब्रोनलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । मोनास्टिकले भीमेश्वर एकेडेमीलाई टाइब्रेकरमा ३–० गोलले पाखा लगायो ।


प्रतिक्रिया दिनुहोस

Loading...