शुदुर पश्चिम ११ सेमिफाइनलमा

सौरभ गिरी

अखिल नेपाल फुटबल संघ बाकेको आयोजनामा  टुबोर्ग दोस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । आज भएको उद्घघाटन खेलमा  शुदुर पश्चिम ११ले बिजयी शुरुवात गरेको छ  ।
प्रतियोगितामा शुदुर पश्चिम ११ ले भारतीय टिम दिल्ली युनाइटेडलाई शुन्यका बिरुद्द १ गोलले पराजित गर्दै आफ्नो सेमिफाइनल यात्रा तय गरेको छ ।

शुदुर पश्चिम ११ का तर्फ बाट बिदेशी मुलका  जर्सी नम्बर २ का आइभोरी कोस्टका खेलाडी आरोन ले २२ औ मिनेटमा गोल गर्दै टिमलाइ विजयी बनाएका थिए । शुदुर पश्चिम ११ द्वारा राम्रो प्रदर्शन गर्दा पनि राम्रो तालमेल नहुदा अन्य गोल गर्ने राम्रा अवसर सदुपयोग हुन सकेन ।

खेल दौरानका क्रममा शुदुर पश्चिम ११का जर्सी नम्बर ४का नरेन्द्र चौधरी र शुदुर पश्चिमकै जर्सी  नम्बर २ का आरोन र दिल्ली युनाइटेडका जर्सी नम्बर ४का पवनले पहेलो कार्ड प्राप्त गरेका थिए । दोश्रो हाफ बाट आफ्नो खेललाइ सुधार गर्दै आक्रामक खेल खेलेको दिल्ली युनाइटेडले गोल गर्ने अवसर प्राप्त गर्न सकेन।

प्रतियोगीताको म्यान अफ द म्याच दिल्ली युनाइटेडका डन लेप्चा घोषीत हुदै लेनोभो मोबाइल प्राप्त गरेका थिए ।

नक आउटका आधारमा खेलाइएको  सो प्रतियोगिताको अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठले  रेफ्रिलाइ बल हरुतान्तरण गरी उद्घाटन गर्नुभएको छ ।

उद्घघाटन कार्यक्रममा बोल्दै श्रेष्ठले मध्यपश्चिम क्षेत्रकै शानका रुपमा यस गोल्डकप भएकाले यसलाइ सफल पार्नका लागी प्रत्येक व्यक्तिको हात रहने् बताउनुभयो । त्यस्तै २०७५ सालमा हुने आठौ राष्ट्रिय खेलकुदलाइ पनि यस प्रतियोगीताले प्रचार प्रसार र खेल गतिविधिको काम गर्ने बताउनुभयो ।प्रतियोगीता फागुन चैत चार गतेसम्म स्थानिय रंगशालामा संचालन हुने  छ । प्रतियोगितामा भोलि खेल नेपाल पुलिश बिरुद्द नेपालगंज ११ बीच हुनेछ ।

कूल २७ लाख बजेटको सो प्रतियोगितामा प्रथम हुने टिमलाई रु पाच लाख र दोस्रो हुनेलाई रु दुई लाख ५१ हजार पुरस्कार उपलव्ध गराइने संघका जिल्ला अध्यक्ष भोजराज शाहीले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...