जकार्तासँग रोहितको नयाँ सम्झौता

काठमाडौं (खेलदैनिक) । इण्डोनेसियन क्लब पर्सिजा जकार्ताबाट व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार मिडफिल्डर रोहित चन्दले क्लबसँग थप नयाँ सम्झौता गरेका छन् ।

रोहितले जकार्तासँगको आफ्नो सम्झौता नविकरण गरेका हुन् । रिपोर्टअनुसार क्लबसँग रोहितको नयाँ सम्झौता गत १५ जनवरीदेखि लागु भएको हो । उनले जकार्तासँग दुई बर्षका लागि सम्झौता नविकरण गरेको बताइएको छ ।

उता रोहितका दाजु रबिन चन्दका अनुसार क्लबले रोहितलाई यसपटक आकर्षक पारिश्रमिक दिएको बताएका छन् । यद्यपि आर्थिक सम्झौताबारे क्लब र रोहित दुवै विस्तृत रुपमा नखुलाउने सहमति भएको बताइएको छ ।

स्मरण रहोस, नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर समेत रहेका रोहित जकार्तासँग सन् २०१७ देखि आवद्ध रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...