फिजम कपः अर्किड विजयी

काठमाडौं (खेलदैनिक) । अर्किडले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा अर्किडले प्रज्ञालाई ९–० को फराकिलो अन्तरले पराजित गर्यो । अर्किडको सहज जितमा सुगम सुनुवार, योगेश विष्ट र सागर भट्टराईले समान २–२ तथा शितल कार्की, आकाश चौधरी र सविन पौडेलले समान १–१ गोल गरे ।

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा भइरहेको प्रतियोगितामा बेस्ट ग्रुप भिजन र अन्नपूर्णले आ–आफ्नो खेल जिते ।

बेस्ट ग्रुपले स्वर्णिम तारालाई ६–० गोलले हरायो । विजेताका रामशरण उप्रेती र अनिश खड्गीले ह्याट्रिक गरे । अन्नपूर्णले रत्न शिक्षालाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...