गोकुलमको फराकिलो जितमा साबित्राको पाँच गोल

काठमाडौं (खेलदैनिक) । हिरो इण्डियन वुमन लिगमा यस सिजन गोकुलम केरला एफसीबाट खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले आफ्नो उत्कृष्ट लयलाई दोस्रो खेलमा पनि निरन्तरता दिएकी छिन् ।

मंगलबार भएको आइ लिगको आफ्नो दोस्रो खेलमा गोकुलमले केंक्रे एफसीलाई १०–१ को फराकिलो अन्तरले हरायो । गोकुलमको जितमा साबित्राले ह्याट्रिकसहित पाँच गोल गरिन् ।

त्यस्तै करिश्मा शिर्भोयकरले तीन गोल आफ्नो खातामा लेखाउँदा मनिषा र ग्रेस हउनरले एक–एक गोल गरे । उता पराजित केंक्रेका लागि कप्तान सौम्या गुगुलोथले एक मात्र सान्त्वना गोल गरिन् ।

स्मरण रहोस, गोकुलमले आफ्नो पहिलो खेलमा श्रीभूमि एफसीलाई १–० ले हराउँदा पनि साबित्राले एक मात्र निर्णायक गोल गरेकी थिईन् । जारी लिगमा यो सँगै साबित्राको गोल संख्या ६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...