पोखरा रंगशालामा फुटवल मैदान सहित प्यारापिट निर्माण गर्न डिपिआर सम्झौता

(उमेशपुन, पोखरा, खेलदैनिक)

पोखरा रंगशालाको फुटबल मैदान र प्याराफिट निर्माणको विस्तृत परियोजना प्रतिबेदन (डिपिआर)मा युवा तथा खेलकुद मन्त्रालयका सचिब महेश प्रसाद दाहाल, पश्चिमाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल र एनडी इन्जिनियरीङका संचालक निरन्जन डुर्मेका आज एक कार्यक्रमकामा (डिपिआर) सम्झौता हस्ताक्षर भएको छ ।

कम्पनी संचालक निरन्जन डुर्मेले २ महिना भित्र पोखरा रंगशालाको प्याराफिट निर्माणको डिपिआर तयार गर्ने र रंगशालाको माटो परिक्षण, आर्किटेक्चर, डिजाइन लागत अनुमानको योजना बताउने बताए । साग फुटबल पोखरा गर्ने लक्ष्यसहित खेलकुद मन्त्रालयले मैदानसहित प्यारापिट निर्माण गर्न ३५ करोड बजेट छुट्टाएको छ । डिपिआर जतिसक्यो छिटो बनाई मन्त्रालयमा पेश गरेर साग फुटबलसम्म प्यारापिट निर्माण गर्ने योजना रहेको पश्चिमाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष पौडेलले जानकारी गराए ।

खेलकुद सचिब महेशप्रसाद दाहालले पोखरामा १३ औ सागका ५ वटा खेल पोखरा खेलाउने लक्ष्य सहित सरकार अगाडी बढेको बताए । उनले अहिले पनि सरकारले खेलकुदको पुर्वाधार निर्माणका लागि वार्षिक १ अरव ५० करोड छुट्याए पनि खर्च हुन नसकेको बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...