इङल्याण्ड एफएका प्रतिनिधी नेपालमा

काठमाडौं (खेलदैनिक) । इङल्याण्ड फुटबल एसोशिएसन (एफए) का प्रतिनिधिहरु सोमबार नेपाल आइपुगेका छन् । स्मरण रहोस, नेपाल र इङल्याण्डले २०३औं द्विपक्षीय सम्बन्ध पूरा गरेको अवसरमा नेपाली राष्ट्रिय फुटबल टिम र इङल्याण्डको राष्ट्रिय फुटबल टिम सी बीच मैत्रीपूर्ण फुटबल हुने यसअघि नै बताइएको थियो ।

त्यसैका लागि आवश्यक सम्झौता गर्न सहारा युकेको समन्वयमा इङल्याण्ड एफएका तर्फबाट एन्ड्रियु शा र लाउरेन्स जोन्स सोमबार नेपाल आइपुगेका हुन् । सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङका अनुसार इङल्याण्ड एफए र एन्फाबीच मंगलबार आवश्यक भेटघाट र सम्झौता हुनेछ ।

उता अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि यहि आउँदो २५ मईका दिन इङल्याण्ड मै नेपाल र इङल्याण्डको सी टोलीबीच मैत्रीपुर्ण फुटबल म्याच हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...