पुलिस सेमिफाइनलमा प्रवेश (फोटो फिचर)

काठमाडौं (खेलदैनिक) । पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा नेपाल पुलिस क्लब महिलातर्फ सेमिफाईनलमा प्रवेश गरेको छ ।

सोमबार पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यसअघि होङ्गवान्जी न्यू डायमन्डसंग ३–२ ले पराजित पुलिसले १ अंक जोडेको थियो भने ढोरपाटनलाई पराजित गर्दै थप ३ अंकका साथ कुल ४ अंक बटुल्न सफल भयो ।

समूह बिजेता र उपबिजेताको टुङ्गो भने होङ्गवान्जी न्यू डायमन्ड र ढोरपाटन स्पोर्टस क्लब बिचको नतिजाबाट हुनेछ ।

महिलातर्फ कै अर्को खेलमा समूह चरणबाट बाहिरी सकेका भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) र जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) विचको खेलमा बिएमसी बिजयी भयो । बिएमसीले जेभिसीलाई २५–८, २५–९, २५–१५ ले पराजित गर्यो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी क्लब ग्रुप ए मा समूह बिजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको छ । आर्मीले सोमबार नयाँबजार सामाजिक युवा क्लब (एनवाईसी)लाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पराजित गर्यो ।

टिएसीले दुई खेलबाट ६ अंक जोड्न सफल भयो । आर्मीसंग पराजित भए तापनि एनवाईसी एक जितका साथ समूह उपबिजेताका रुपमा क्वाटरफाईनल प्रवेश गर्न सफल भयो । समूह ए बाट आरजी भलिबल ग्रुप भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ ।

ग्रुप बिको अर्को खेलमा भने बुलबुले रारा क्लब (बिआरसी)ले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी)लाई २५–१५, २५–२१, २५–१० ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो ।

मंगलबारको खेल बिहान पहिलो खेल ९ ः ३० बजे पुरुष तर्फ एपिएफ र जेभिसी, दोश्रो खेल एनपिसी र एमभिसी तथा महिला तर्फको पहिलो खेल १३ ः ३० बजे एपिएफ र टिएसी र दोश्रो खेल एचएनडी र डिएससी विच हुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...