टुबर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल भोलि देखि , उद्दघाटन खेलमा दिल्ली युनाइटेड र सुदुर पश्चिम ११ भिड्दै

(सौरभ गिरी, नेपालगन्ज)

टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको आज बाँके जिल्ला फुटबल संघले नेपालगन्जमा अन्तिम पत्रकार समेल्लन गर्दै सबै प्रतियोगिताको  तयारी पुरा भईसकेको  जानकारी गराएको छ ।

भोलि फागुन २६ गते देखी चैत ४ गतेसम्म नेपालगन्ज रंगशालामा  सञ्चालन हुने फुटबल प्रतियोगीताको लागि खेलाडीहरु आउने क्रम जारि रहेको  बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।

गत बर्ष भन्दा बढी ब्यबस्थित तरिकाले आयोजना गरिएको नेपालगन्ज गोल्ड कप प्रतियोगिताको  टुबर्ग बियर मुख्य प्रायोजक रहेको छ । यस टुबर्ग दोश्रो नेपालगन्ज गोल्ड कप पर्तियोगीतामा प्रथम हुनेले ५ लाख ,दोश्रो हुनेले २ लाख ५१ हजार रुपैया प्राप्त गर्नेछन भने प्रतेक खेलको म्यान अफ द म्याच खेलाडीलाई एउटा लेनोभो मोबाइल प्रदान गरिने भोज राज शाहीले जानकारी दिनुभयो ।त्यस्तै प्रतियोगितामा उत्कृस्ट गोलकिपर ,उत्कृस्ट  रक्षक , उत्कृस्ट मिड फील्दर,उत्कृस्ट गोल कर्ता र उत्कृस्ट ट्रेनरलाइ पनि ५/५ हजार रुपैया पर्दान गर्ने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिता अबधिभर एनएलजी इन्सुरेंसले खेलाडी र अफ़िसिएलको बिमा समेत गरेको छ भने प्रतेक दिन खेल हेर्न टिकट लिएका ५ जोडीलाइ क्युफ़ॆक्ष सिनेमाको टिकट समेत उपलब्ध गराउने आयोजकले जनाएको छ।प्रतियोगिता अबधिभर अन्तराष्ट्रिय खेलाडीहरु लगायत ६५ बर्ष माथि उमेर पुगेका दर्शकहरुलाई खेल हेर्न निशुल्क ब्यबस्था गरिएको भोज राज शाहीले जानकारी दिनुभयो।

टुबर्ग दोश्रो  नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा टिमले सगभागिता जनाउदैछन भने  भोलि हुने उद्दघाटन खेलमा दिल्ली युनाइटेड र सुदुर पश्चिम ११ बीच हुने आयोजकले जनाएको छ ।२ वटा समुहमा विभाजन गरिएको प्रतियोगितामा समूह ए मा दिल्ली युनाइटेड , सुदुर पश्चिम ११, सिएमजी संकटा क्लब र एपीएफ रहेका छन् भने समूह बि मा नेपाल प्रहरी, मनाङ्ग  मस्याङ्गदि क्लब,रुपन्देही ११ र नेपालगन्ज ११ रहेका छन् ।

आज भएको पत्रकार समेल्लनमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोज राज शाही ,केन्द्रिय सदस्य प्रदेश सिंह राठौर , मध्ये पश्चिम क्षेत्रिय खेलकुद बिकास समतिका अध्यक्ष भिम वली,  दिल्ली युनाइटेडका कप्तान डन लेप्चा लगायत सुदुर पश्चिम ११ का टिम म्यानेजर सुरेश हमाल र खेलाडीहरुको उपश्थिति रहेको थियो ।भोलि १:३० बजे हुने प्रतियोगितालाई एन्फाका केन्द्रिय अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्दघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...