महेन्द्र बहुमुखी र सैनिक आवासीय उपाधिका लागि भिड्ने

भक्तपुर (खेलदैनिक) । महेन्द्र बहुमुखी क्याम्पस, धरान र सैनिक आवासीय महाविद्यालय, मक्तपुर जारी टियु बीबीए कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको पहिलो सेमिफाइनलमा महेन्द्र बहुमुखी क्याम्पसले शंकरदेव क्याम्पसलाई ३–२ ले हरायो । महेन्द्र बहुमुखीको जितमा खवाङ राई, सुदिप गुरुङ र पेमा तामाङले गोल गरे ।

उता पराजित शंकरदेवका लागि भने कुमार अधिकारी र सरोज कार्कीले गोल गरेका थिए । खेलमा महेन्द्र बहुमुखी क्याम्पसका खवाङ राई म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालयले नेपाल कमर्स क्याम्पस लाई १–० को झिनो अन्तरले हरायो । सैनिक आवासीयका लागि बिजय घलेले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता घले नै खेलको म्यान अफ द म्याच घोषित भए ।

भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल भने यहि पौष २८ गते सोमबारका दिन महेन्द्र बहुमुखी क्याम्पस र सैनिक आवासीय महा विद्यालय बीच हुनेछ । प्रतियोगिताको रोचक पक्ष त, यस वर्ष विजेता बन्ने टोलीले आगामी प्रतियोगिता आयोजना गर्ने अवसर पनि प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...