लात्ते भकुन्डोको उपाधी काकरभिट्टालाई

(कृष्ण सिन्जाली, बाहुनडाँगी)

खुल्ला लात्ते भकुन्डो प्रतियोगिताको उपाधी काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आफ्नो पोल्टामा पारेको छ ।
बाहुनडाँगी –७ स्थित गाडागल्लीमा बुधवार भएको फाइनल खेलमा काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले धुलावारी फुटबल ट्रेनिङ सेन्टरलाई २ – ०  गोलको  अन्तरले पराजित गरेको थियो ।

खेलको पहिलो हाफको ४ औ मिनेटमा काकरभिट्टाका कप्तान गिल्सन लिम्बुले एक गोल गर्दै अग्रता दिलाएको थियो । कप्तान गिल्सनले गरेको गोल काकरभिट्टाकै जीवन गुरुङले प्रहार गरेको बल धुलाबारीका गोल रक्षक मनोज प्रधानबाट रि–ब्राउन्ड भएको बल गोलमा परिणत गरेको हो । दोश्रो हाफको ३ मिनेटमा पाएको फ्रि किंकलाई काकरभिट्टाको अफ्रिकन खेलाडी पिटरले सुन्दर गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच उपविजेता क्लबका सुनिल थापा मगर धोषित भएका थिए । भने प्रतियोगिता भरिको सर्वात्कृष्ट खेलाडी काकरभिट्टाले गिल्सन लिम्बु नगद ५ हजार,  उत्कृष्ट गोल रक्षक काकरभिट्टाकै जीवन गुरुङले  नगद २ हजार ,सर्वाधिक गोलकर्ता धुलाबारीका रजिन्त लिम्बुले नगद ३ हजार, ट्रर्फी र प्रमाण पत्र  गरेका थिए ।

फाइनल खेलका विजेता क्रमशः ५१ ह्जार नगद तथा उपविजेता ३१ ह्जार नगद पुरस्कार, ट्रर्फी र प्रमाण पत्र  प्रतियोगिताका प्रमुख अतिथी एन्फाका केन्द्रिय सदस्य पंकज बिक्रम नेम्बाङ , विशिष्ठ अतिथी बाँहुनडागी गाविसका सचिव मदन राई र प्रतियोगिताका संयोजक मणी कुमार लिम्बुले प्रदान गरेका थिए । प्रतियोगिता फाल्गुन १८ गतेदेखि शुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...