सागमा पदक जित्ने मकवानपुरे खेलाडीहरुलाई नगर परिक्रमा गराइने

हेटौडा (खेलदैनिक) । १३ औ सागमा पदक जित्ने मकवानपुरे खेलाडीलाई हेटौडामा नगर परिक्रमा गराई सम्मान गरिने भएको छ । यही पुस २९ गते वाजागाजा सहित नगर परिक्रममा गराई सम्मान गर्न लागिएको हेटौडा उपमहानगरपालिकाका प्रमुख हरि वहादुर महतले जानकारी दिए ।

हेटौडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति, विभिन्न खेलकुद संघ सस्थाको सहभागितामा ऐतिहासिक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गराईने जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराले बताएका छन् ।

जिल्लाका गौरव खेलाडीहरुलाई सम्मानका लागि सवै संघ सस्था, खेल संघहरु देखि खेलप्रेमी, तथा खेलाडीहरुलाई सहभागि हुन जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाले आग्रह समेत गरेका छन् ।

स्मरण रहोस, १३औं सागको पुरुष फुटबलमा नेपाललाइृ स्वर्ण जिताउने नेपाली टिममा मकवानपुरका सुनिल बलको पनि महत्वपूर्ण भूमिका थियो । मकवानपुरबाट सागमा पदक जित्ने चर्चित खेलाडहिरु मध्ये एक हुन् सुनिल ।


प्रतिक्रिया दिनुहोस

Loading...