उपाधिका लागि आयोजक त्रिवेणी र श्री भगवती भिड्ने

लमजुङ (खेलदैनिक) । मोफसलको पुरानो मध्ये एक २८औं त्रिवेणी कपको फाइनलमा आयोजक त्रिवेणी युथ क्लब र श्री भगवती क्लब,काठमाडौं भिड्ने भएका छन् ।

शनिबार भएका दुई सेमिफाइनल अन्तरगत पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणीले सोसल वेलफेयर स्पोर्टस सेन्टरलाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै फाइनल स्थान पक्का गर्यो ।

त्यस्तै अर्को सेमिफाइनलमा श्री भगवतीले सामना क्लब, तुरतुरेलाई ३–० ले हरायो । फाइनल खेल आइतबार आयोजक त्रिवेणी र श्री भगवती बीच बेसिशहर स्थित साहाजी खेल मैदानमा हुनेछ ।

फाइनल खेलको मुख्य अतिथिका रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आतिथ्यता रहने समेत बताइएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३० हजार हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...