पाँचथर पुग्यो गोलनेपाल, रेफ्रीहरुलाई सहयोग

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलमा विशेष छाप छोडेको गोलनेपाल हरेक महिना कुनै जिल्लामा पुगी त्यहाँ रहेका युवा फूटबल परियोजना, महिला फूटबल, जिल्ला फूटबल संघ साथै क्लब, रेफ्री, सामुदायिक बिद्यालयहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ ।

यसै सिलसिलामा यसपटक गोलनेपाल फाउण्डेसन पौष महिनामा पाँचथर जिल्ला पुगी स्वतन्त्र क्लब मार्फत जिल्लाका नयाँ रेफ्रीहरुको लागि सहयोग प्रदान गरेको छ ।

सो अवसरमा गोलनेपालले रेफ्रीहरुका लागि रेफ्री सेट (४ जनाको लागि पुरा रेफ्री ड्रेस सेट, सिठ्ठी, कार्ड होल्डर, फूटबल पम्प) र चेन्जिङ बोर्ड प्रदान गरिएको थियो ।

गोलनेपालका सिइओ बिक्रम थापाका अनुसार नेपालका हरेक जिल्लामा फुटबलसँग सम्बन्धि कार्यहरुमा आफूहरुले योगदान दिन पाउँदा खुशी लाग्ने बताए । सिइओ थापा भन्छन्, ‘नयाँ रेफ्रीहरु पनि अगाडि बढ्न सकुन भनेर हामीले सहयोग गरेका हौं ।’

पाँचथरमा हालै सम्पन्न फिदिम सिटी कपका अवसरमा गोलनेपालका प्रदेश १ प्रमुख रमेश समदर्सी राइले उक्त सहयोग सामाग्री स्थानीय रेफ्रीलाई हस्तान्तरण गरेका थिए ।

यो सहयोग अभियानसँगै गोलनेपाल हालसम्म नेपालको ३१ जिल्लाहरुमा पुग्न सफल भएको छ । साथै यो अभियानलाई आगामी महिनाहरुमा पनि निरन्तरता दिने सिइओ बिक्रम थापाको योजना छ ।


प्रतिक्रिया दिनुहोस

Loading...