सहज जितका साथ चाँदनी क्वाटरफाइनलमा

बुटवल (खेलदैनिक) । सहज जितका साथ चाँदनी युवा क्लब, दानापुर यहाँ जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ चाँदनीले नवयुवा खेलकद तथा साँस्कृति परिवार, ठुटिपिपललाई ४–० ले हरायो । चाँदनीको जितमा कप्तान बिमल श्रीष मगरले दुई गोल गरे । त्यस्तै थप दुई गोल अरुण चौधरी र धनिराम चौधरीको नाममा रह्यो ।

खेलको म्यान अफ द म्याच चाँदनी कै कप्तान बिमल श्रीष घोषित भए । प्रतियोगिता अन्तरगत पौष १७ बिहीबारको खेल झरना स्पोर्टस् क्लब, कुञ्जलापुर र सिद्धार्थ क्लब, चपरहट्टीबीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा रुपन्देही, पाल्पा, चितवन, नवलपरासीका गरि कुल १६ टोलीहरुको सहभागिता रहेको छ ।

शुद्धोदन गाउँपालिका, रुपन्देहीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए ।

त्यस्ते सेमिफाइनलमा पराजित हुने दुई टोलीले पनि जनही १६–१६ हजार हात पार्ने अध्यक्ष कुँवरले बताए । साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको उनले बताए ।

रुपन्देही, नवलपरासी, पाल्पा र चितवनका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पौष २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...