सुमन चम्किदा संकटामाथि पुलिसको जित

काठमाडौं (खेलदैनिक) । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको चौथो चरणतर्फ नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले संकटा क्लबलाई २–० ले हरायो । पुलिसको जितमा सुमन लामा चम्किए ।

खेलको १५औं मिनटमा लामाकै प्रहार क्लियर गर्ने क्रममा अमित तामाङले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेका थिए ।

त्यस्तै पहिलो हाफकै ३३औं मिनटमा सुमन लामाले नै पुलिसका लागि दोस्रो गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

यो जितसँगै ४ खेलबाट पुलिसको सात अंक भएको छ । उता पराजित संकटाको भने ४ अंक मात्र छ ।


प्रतिक्रिया दिनुहोस

Loading...