बीपी कप: वडा नम्बर २ को बिजयी सुरुवात

हेटौडा (खेलदैनिक) । हेटौंडामा जारी बीपी कप खुला फुटबल प्रतियोगिता–२०७६ अन्तर्गत शुक्रबार चार खेल सम्पन्न भएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार हेटौंडा–२, ७, १९ र ८ नम्बर वडा विजयी हँुदै दोस्रो चरणमा प्रवेश गरेका छन् । हेटौंडा–२ ले भीमफेदी गाउँपालिकालाई १–०, हेटोंडा–७ ले १४ लाई २–०, हेटौंडा–९ ले १९ लाई १–० तथा हेटौंडा ८ ले १५ नम्बर वडालाई १–० गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

भीमफेदी गाउँपालिकालाई पराजित गर्ने क्रममा हेटौंडा–२ को तर्फबाट विनोद प्रजाले निर्णायक गोल गरे । उनी नै खेलको म्यान अफ दी म्याच घोषित भए ।

त्यस्तैे हेटौंडा–७ को जितमा राजेन्द्र थापाले दुई गोल गरे । उनी खेलेको म्यान अफ दी म्याच चुनिए । निकै प्रतिस्पर्धात्मक खेलमा हेटौंडा–१९ का लागि सुनिल सुनारले गरेको गोल नै निर्णायक भयो । खेलमा हेटौंडा–९ का विशाल घलान म्यान अफ दी म्याच घोषित भए ।

हेटौंडा ८ को जितमा बेञ्जन घिमिरेको गोल निर्णायक बन्यो । खेलमा वडा नम्बर १५ का फत्तेमान घले म्यान अफ दी म्याच घोषित भए । जारी प्रतियोगितामा २२ टोलीले सहभागिता जनाइरहेका छन् ।

पुस १६ गतेसम्म सञ्चालन हुने ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता विजेताले रनिङ शिल्ड सहित नगद ५० हजार रुपैया“, दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट हुनेले नगद २ हजार ५ सय रुपैया“ र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १ हजार रुपैया“ पुरस्कार पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...