आर्मीलाई हराउँदै एपिएफ च्याम्पियन

काठमाडौं (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ क्लब बिहीबार सम्पन्न सातौं प्रधान सेनापति कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

फाइनलमा एपिएफले आयोजक नेपाल आर्मी क्लबलाई २–० ले हराउँदै विजेता बनेको हो । एपिएफको जितमा रेखा पौडेल र सरु लिम्बुले गोल गरीन् ।

विजेता बनेको एपिएफले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता आर्मीले १ लाख ५० हजारमा चित्त बुझायो । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आर्मीकी मिडफिल्डर दिपा राई घोषित भईन् । पुरस्कार वापत राईले एक थान स्कुटर प्राप्त गरीन् ।


प्रतिक्रिया दिनुहोस

Loading...