भुटानमाथि नेपाल यु–१५ महिला फुटबल टोलीको लगातार दोस्रो जित

काठमाडौं (खेलदैनिक) । नेपाली यु–१५ महिला फुटबल टोलीले आफ्नो दोस्रो खेलमा पनि भुटानमाथि जित निकालेको छ । यसअघि सोमबार भएको पहिलो मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले भुटानमाथि ६–१ को जित निकालेको थियो ।

यद्यपि बुधबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा भने पहिलो खेलकै नतिजा र प्रदर्शनलाई निरन्तरता दिन सकेन । नेपालले बुधबारको खेलमा भुटानी यु–१५ महिला फुटबल टोलीमाथि १–० को झिनो अन्तरको जित निकाल्यो ।

नेपालको जितमा अमिषा कार्कीले एक मात्र निर्णायक गोल गरीन् । स्मरण रहोस, अमिषाले पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपालका लागि ह्याट्रिक गरेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...