लिटिल एन्जल्स सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । लिटिल एन्जल्स (एलए) प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा एलएले साउथ वेस्टर्नलाई ४–२ गोलले पराजित गर्यो । एलएका साहिल थापा ‘म्यान अफ द म्याच’ घोषित भए ।

आयोजक ब्रिजवाटर र सैनिक आवसीय महाविद्यालय यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनल पुग्ने एक टोलीको टुंगो लाग्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...