किड्स लर्निङको फराकिलो जित

काठमाडौं (खेलदैनिक) । आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा किड्स लर्निङले फराकिलो जित हात पारेको छ । रवाफिलो जित निकाल्ने क्रममा किड्स लर्निङले विद्या संस्कारलाई ९–० को फराकिलो अन्तरले हरायो ।

त्यस्तै अन्तय खेलहरुमा ग्रिनफिल्डले ओराकल रेलाई २–१, रेडिअन्टले न्यु इरा एकेडेमीलाई ३–०, रिब्सले विद्या संस्कारलाई १–०, काष्ठमण्डप विद्यालयले आयोजक द एक्सेल्सियर स्कुललाई ३–० र पुष्पसदनले न्यु जेनिथलाई ५–० गोलले निराश पारे ।

त्यस्तै अर्को खेलमा काष्ठमण्डप र ओराकल रेले २–२ गोलको बराबरी खेले ।


प्रतिक्रिया दिनुहोस

Loading...