साबित्राको ह्याट्रिकसँगै एपिएफ उपाधि नजिक

काठमाडौं (खेलदैनिक) । स्टार स्ट्राइकर साबित्रा भण्डारीले ह्याट्रिक गरेपछि सशस्त्र प्रहरीको एपिएफ क्लब जारी सातौं प्रधान सेनापति कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ५–२ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । एपिएफको जितमा साबित्राले ह्याट्रिक गर्नु वाहेक अनिता बस्नेत र रेखा पौडेलले एक–एक गोल गरेका थिए ।

उता पराजित पुलिसका लागि निशा सुनुवार र घिम कुमारी गुरुङले गोल फर्काएता पनि टोलीको हार भने टार्न सकेनन् । खेलमा ह्याट्रिक गरेकी साबित्रा प्लेयर अफ द म्याच समेत चुनिईन् ।

मंगलबार आर्मी र भुटानबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । यी दुई टोलीबीचको विजेतासँग नै एपिएफले उपाधिका लागि फाइनलमा भिड्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...