अमिषाको ह्याट्रिकमा नेपाली यु–१५ महिला फुटबल टोलीको जित

काठमाडौं (खेलदैनिक) । अमिषा कार्कीले ह्याट्रिक गरेपछि सोमबार भएको पहिलो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल यु–१५ महिला फुटबल टोलीले भुटान यु–१५ महिला फुटबल टोलीलाई ६–१ को फराकिलो अन्तरले हराएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका लागि अमिषाले खेलको १२, ४८ र ५४औं मिनटमा गोल गर्दै ह्याट्रिक पुरा गरीन् । त्यस्तै नेपालकै प्रिती राईको नाममा पनि दुई गोल रह्यो । प्रितिले खेलको ४४औं र ८९औं मिनटमा गरी दुई गोल गरेकी थिईन् ।

यद्यपि खेलमा गोलको खाता भने नेपालका लागि सुनकली राईले पाँचौं मिनटमा गोल गर्दै खोलेकी थिईन् । उता १४औं मिनटमा डेकी लाजोमले भुटानी टोलीका लागि एक मात्र सान्त्वना गोल फर्काएकी थिईन् ।

नेपाल र भुटानबीच दोस्रो मैत्रीपूर्ण फुटबल म्याच यहि पुस ९ गते बुधबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...