बिमल घर्ती मगर र अञ्जन विष्ट राष्ट्रिय टिम अभ्यासमा सामेल

राष्ट्रिय फुटबल खेलाडीद्वय बिमल घर्ती मगर र अञ्जन विष्ट मंगलबारदेखि राष्ट्रिय टिम अभ्यास क्याम्पमा सामेल भएका छन् ।

सोमबार मात्रै मगर र बिष्ट युरोपबाट नेपाल फर्किएका थिए । बिमल बेल्जियममा थिए भने अञ्जन स्पेनको मार्बेला युनाईटेड एफसीमा दुई महिना बिताए ।

नेपाल अहिले एएफसी एशियन कप २०१९ अन्तर्गत फिलिपिन्स विरुद्ध हुने पहिलो अवे मयाचको तयारीमा छ । मार्च २८ मा खेल हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...