नेपालगञ्ज गोल्डकप फुटबलको खेलतालिका सार्वजनिक

फागुन २४ । दोस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता यही फागुन २६ गतेदेखि चैत ४ गतेसम्म नेपालगञ्जमा आयोजना हुँदैछ । आयोजक जिल्ला फुटबल संघ बाँकेले खेलतालिका पनि सार्वजनिक गरेको छ । 

प्रतियोगितामा ७ वटा राष्टिय फुटबल क्लबका साथै एउटा भारतीय फुटबल क्लबको सहभागिता रहने अध्यक्ष भोजराज शाहीले जानकारी दिए । प्रतियोगितामा मनांग मस्र्यांगदी क्लब, संकटा क्लब, नेपाल प्रहरीको टोली, शसस्त्र प्रहरीको टोली, गत बर्षको विजेता सुदुर पश्चिम–११, रुपन्देही –११, आयोजक नेपालगञ्ज ११ र भारतको दिल्ली युनाइटेड क्लबको सहभागिता रहने छ ।

उद्घाटन खेल साविक विजेता सुदुरपश्चिम ११ र दिल्ली युनाईटेड भारतबीच हुनेछ ।

प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुनेलाई २ लाख ५१ हजार रुपैयाँ पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ । हरेक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई एउटा मोबाइल सेट प्रदान गरिने छ भने म्यान अफ द सिरिज हुने खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...