नेपालले जापानको दुई टोलीसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीले जापानको दुई टोलीसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ । गोलनेपालका अनुसार नेपालले जापानको यु–२२ फुटबल टोली र अर्को जे लिग क्लबसँगको मिश्रित टोलीसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको हो ।

गोलनेपालका अनुसार उक्त मैत्रीपूर्ण फुटबल म्याचबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि पुष्टी गरेको छ । मैत्रीपूर्ण फुटबल म्याचबारे विस्तृत विवरण छिटै सार्वजनिक हुँदै ।


प्रतिक्रिया दिनुहोस

Loading...