१३औं सागः पुरुष फुटबलमा नेपाललाई लगातार स्वर्ण

काठमाडौं (खेलदैनिक) । प्रतिस्पर्धात्मक जितका साथ नेपालले १३औं सागको पुरुष फुटबलतर्फ स्वर्ण पदक जित्न सफल भएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको फाइनल भिडन्तमा नेपालले भुटानमाथि २–१ को जित निकाल्दै स्वर्ण पक्का गरेको हो । स्मरण रहोस, नेपालले गत संस्करणमा पनि स्वर्ण जितेको थियो ।

मंगलबार भएको फाइनल खेलमा नेपालका लागि १७औं मिनटमा अभिषेक रिजालले गोलको खाता खोलेका थिए । तर ३७औं मिनटमा चेन्चो ग्याल्सेनले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १–१ को बराबरी खेले तापनि दोस्रो हाफको शुरुवाततिर ५४औं मिनटमा सुनिल बलले नेपालका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक पनि बन्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...