महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काको पनि राजिनामा

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पनि पदीय जिम्मेवारीबाट राजिनामा दिएका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ सोमबार नेपाललाई स्वर्ण पदक जिताउनबाट चुकेका खड्काले आफ्नो प्रशिक्षकीय जिम्मेवारी छाडेका हुन् ।

सोमबार महिला फटुबलतर्फ स्वर्णका लागि भएको फाइनल भिडन्तमा नेपालले भारतसँग २–० को हार बेहोरेको थियो । स्मरण रहोस, प्रशिक्षक खड्का कै जिम्मेवारी नेपाली महिला फुटबल टोलीले ओलम्पिक छनौट तथा महिला साफ च्याम्पियनसिप खेलेको थियो ।

घरमै आयोजना भएको महिला साफ च्याम्वियनसितर्फ पनि नेपाल उपविजेता बनेको थियो । त्यतिबेला पनि नेपाली महिला फुटबल टोली भारतसँगै पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...