१औं साग महिला फुटबलको फाइनल आज, नेपाललाई इतिहास रच्ने अर्को अवसर

काठमाडौं (खेलदैनिक) । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ आज नेपालले परस्पर प्रतिद्वन्द्वी भारतसँग स्वर्ण पदकका लागि फाइनल खेल्दैछ । फाइनल खेल पोखरा रंगशालामा दिनको १ बजे हुँदैछ ।

नेपालले अहिलेसम्म सागको महिला फुटबलमा स्वर्ण जित्न सकेको छैन । गत संस्मरणको पनि फाइनलमा पुगेको नेपालले भारतसँगै हार बेहोरेको थियो । जारी प्रतियोगिताको लिग चरणमा पनि भिड्दा नेपाल १–० ले पराजित भएको थियो ।

नेपालले महिला फुटबलमा भारतलाई कुनै पनि खेलमा हराउन नसकेको नमिठो इतिहास छ । सोही इतिहासलाई तोड्ने आज अर्को अवसर पनि नेपाली चेलीहरुसँग छ ।

साँच्ची नै नेपाली महिला फुटबल टोलीले आज इतिहास रच्दै स्वर्ण पदक जित्न सक्ला त ? त्यो भने आज पोखरा रंगशाला मै खेल शुरु हुनु नहुँदासम्म प्रतिक्षाको बिषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...