रेडबुल महिला फुटबल प्रतियोगिता: एकता युवा क्लब मोरङ बिजयी

वराहक्षेत्रमा जारी अन्तराष्ट्रिय आमन्त्रण माउन्ट एभरेष्ट रेडबुल महिला फुटबल प्रतियोगितामा शनिवार भएको पहिलो सेमिफाइनल खेलमा एकता युवा क्लब मोरङले शून्यका विरुद्ध ६ गोलको भारी अन्तरले बिजयी भएको छ ।
धनकुटा महिला फुटबल क्लबलाई हराउदै एकताले जित हासिल गरि फाइनल यात्रा तय गरेको छ ।

आजको पहिलो सेमिफाइनल खेलमा उत्कृष्ट खेल प्रदर्सन गर्दै ह्याटि्रक गरेकि “प्लेयर अफ द म्याच” घोषित भएकी इमा राईलाई रु. नगद एक हजार र मायाको चिनो माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका उपाध्यक्ष सन्तोषी थापाले प्रदान गरेका थिए भने उक्त नगद पुरस्कारको प्रायोजन शान्ति सिर्जना परिवार वराहक्षेत्र -३ सुनसरीले गरेको थियोे ।

प्रतियोगिताको फागुन २४ गते मंगलबार हुने दोस्रो सेमिफाइनल खेल वराहक्षेत्र गर्ल्स फुटबल टिम सुनसरी vs अररिया स्पोर्टिङ क्लब विहार भारत विच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...