सागका कारण राष्ट्रिय भेट्रान्स कपको मिति सर्यो

हेटौडा (खेलदैनिक) । यहि मंसिर १८ गते बुधबारदेखि शुरु हुने भनिएको भेट्रान्स कप फुटबल प्रतियोगिता कारणवश सरेको छ । हाल नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) का कारण प्रतियोगिता करिब दुई हप्ता धकेलिएको हो ।

भेट्रान्स कप अब आगामी पुष २ गतेदेखि हुने आयोजकले जनाएको छ । हेटौंडा भेट्रान्स क्लवले विगत ५ बर्षदेखि भेट्रान्स कप फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । ४० बर्ष उमेर समूह भन्दा माथिका पूर्व राष्ट्रिय खेलाडीहरुको समेत सहभागितामा प्रतियोगिता आयोजना हुँदै आएको छ ।

पाँचौ संस्करणको प्रतियोगीता यहि मंसिर १८ गतेदेखि आयोजना गर्ने भनिएको थियो । यसबर्ष प्रतियोगिताको विजेताले नगद एकलाख रुपैयाँ तथा उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यो बर्ष १६ वटा क्लवले सहभागिता जनाउने पनि पक्का भैसकेको आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...