सर्लाहीको श्री नारायण जनता बन्यो राष्ट्रिय क्वीक्स कप च्याम्पियन

काठमाडौं (खेलदैनिक) । बिहीबार सम्पन्न ब्वईजतर्फको क्वीक्स कप अन्तरविद्यालय राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि श्री नारायण जनता स्कुल, सर्लाहीले जितेको छ ।

एन्फा कम्प्लेक्समा भएको फाइनल भिडन्तमा श्री नारायण जनताले सैनिक आवासीय स्कुल, पोखरालाई ३–२ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

त्यस्तै बिहीबार नै तेस्रो स्थानका लागि भएको खेलमा नेपालय इङलिस पब्लिक स्कुलले वन्डरल्याण्ड स्कुललाई १–० ले हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

विभिन्न जिल्लाबाट आएका विद्यालयहरुबीच भएको यस राष्ट्रिय प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए । विजेता बनेको श्री नारायण जनताले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता सैनिक आवासीयले १ लाख ५० हजारमा चित्त बुझायो ।

त्यसैगरी तेस्रो स्थान हासिल गर्ने नेपालय स्कुलले ७५ हजार हात पार्यो भने चौथो बनेको वन्डरल्याण्डले ५० हजार प्राप्त गर्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...