१३औं साग: पुरुष फुटबलमा बंगलादेशको पहिलो जित

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ आफ्नो पहिलो खेलमा भुटानसँग स्तब्धपुर्ण हार बेहोरेको बंगलादेशले पहिलो जित दर्ता गरेको छ ।

बिहीबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हरायो । पहिलो हाफको ११औं मिनटमा महबुबुर रहमान सुफिलले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

बुधबार मात्र आयोजक नेपाललाई १–१ को बराबरीमा रोकेको श्रीलकाले बंगलादेशलाई भने रोक्न सकेन । यो जितपछि ३ खेलबाट बंगलादेशले ४ अंक जोडेको छ भने श्रीलंकाको २ अंक छ ।

लिग चरणको आ–आफ्नो अन्तिम खेलमा श्रीलंकाले शनिबार भुटानको सामना गर्नेछ भने आइतबार बंगलादेशले आयोजक नेपालसँग भिड्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...