दावेदार झरना फाइनलमा प्रवेश

तिलोत्तमा (खेलदैनिक) । शुरुवातबाटै प्रतियोगिताको दावेदार मध्ये एक मानिएको झरना स्पोर्टस् क्लब जारी तेस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१४, बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा झरनाले न्यु एभरेष्ट युवा क्लबलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

झरनाको जितमा सुरज आलेले दुई गोल गरे भने थप एक गोल मोहन थापाले गरे । उता पराजित न्यु एभरेष्टका लागि एक मात्र सान्त्वना गोल बिमल बिकेले गरे । खेलको म्यान अफ द म्याच भने पराजित न्यु एभरेष्टका बिनय थापा घोषित भए ।

प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल अर्को दावेदार टोली फर्साटिकर युवा क्लब र लुम्बिनी खुकुरी क्लबबीच हुने खेल संयोजक कमल परियारले जानकारी दिए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...