१३औं सागः नेपालको जितमा सरुको निर्णायक गोल

पोखरा (खेलदैनिक) । पदकको दावेदार मध्ये एक आयोजक नेपाली महिला फुटबल टोली जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) तर्फ आफ्नो पहिलो खेलमा संघर्षपुर्ण जित हात पारेको छ ।

गत संस्करणको रजत पदक विजेता समेत रहेको नेपालले मंगलबार भएको आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० को झिनो अन्तरले हरायो ।

पोखरा रंगशालामा नेपाल विरुद्ध जुझारु र रक्षात्मक प्रदर्शन गरेको श्रीलंकाले घरेलु टोलीलाई अन्तिम समयसम्म रोक्न सकेन । खेलको ८६औं मिनटमा सरु लिम्बुले नेपालका लागि एक मात्र निर्णायक गोल गरिन् ।

लिग चरणतर्फ नेपालले आफ्नो दोस्रो खेल विहीबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै सोही दिन श्रीलंकाले बलियो भारतसँग खेल्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...