साग फुटबलमा आज नेपालको पुरुष र महिला दुवै टोलीको पहिलो खेल

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) तर्फ आज नेपालको पुरुष तथा महिला फुटबल टोलीले आ–आफ्नो पहिलो खेल खेल्दैछन् ।

पुरुष टोलीले दशरथ रंगशालामा आज दिनको १ बजे भुटानको सामना गर्दैछ । स्मरण रहोस, सोमबारदेखि शुरु पुरुष फुटबलतर्फ भुटानले सनसनी मच्याउँदै पदकको दावेदार बंगलादेशलाई १–० ले हराएको थियो ।

यद्यपि, दुर्भाग्यपुर्ण रुपमा पहिलो खेल खेलेको २४ घण्टा नपुग्दै भुटानले आज नेपालको सामना गर्दैछ । प्रतियोगिताको खेलतालिकालाई लिएर केही देशका फुटबल प्रशिक्षकहरुले असन्तुष्टी पनि जनाएका थिए । त्यसपछि सोमबार मात्र केही परिवर्तन गरिएको खेलतालिका सार्वजनक गरिएको थियो ।

त्यस्तै महिला फुटबलतर्फ नेपालले आज पोखरा रंगशालामा बिहान १० बजे श्रीलंकासँग खेल्दैछ । महिला फुटबलको यो पहिलो खेल पनि हो । जसमा सार्क राष्ट्रका भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...