साफ च्याम्पियन माल्दिभ्स श्रीलंकासँग रोकियो रोकियो

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ सोमबार भएको दोस्रो खेलमा साफ च्याम्पियन माल्दिभ्स बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा बेलुका भएको खेलमा माल्दिभ्सले श्रीलंकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । प्रतियोगिता अन्तरगत माल्दिभ्सले आफ्नो दोस्रो मंगलबार बंगलादेशसँग खेल्नेछ ।

स्मरण रहोस, बंगलादेशले सोमबार नै भएको पहिलो खेलमा भुटानसँग १–० को स्तब्धपुर्ण हार बेहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...