सागमा पुरुष फुटबलको खेलतालिका फेरि केही परिवर्तन

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी सागको पुरुष फुटबलतर्फको खेलतालिका केही परिवर्तन गरिएको जनाएको छ । प्रतियोगितामा भारतले सहभागिता नजाउने भएपछि खेलतालिका नयाँ बनाइएको थियो ।

यद्यपि नयाँ खेलतालिकालाई लिएर केही सहभागि देशहरुले असन्तुष्टी जनाएपछि नयाँ खेलतालिका पनि केही परिवर्तन गरिएको हो । यसअघि राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा ९ डिसेम्बरका दिन मात्र आराम दिइएको थियो ।

तर, हाल परिवर्तन गरिएको अर्को नयाँ खेलतालिकामा भने ६ डिसेम्बरका दिन पनि आराम दिइएको छ । यो सँगै ६ र ९ डिसेम्बरका दिन गरी दुई दिन आराम दिइएको छ ।

साथै ६ डिसेम्मबरका दिन बेलुका ५ बजेदेखि नेपाल र माल्दिभ्सबीच एक मात्र खेल हुने कार्यक्रम थियो । तर अब त्यो खेल ७ डिसेम्बरका दिन हुनेछ । त्यस्तै यसअघि नेपालले तीन खेल बेलुका खेल्नु पर्ने थियो । यद्यपि अब नेपालले ७ डिसेम्बरका दिन हुने खेल दिनको १ बजे खेल्नेछ ।

हेर्नुहोस नयाँ खेलतालिका


प्रतिक्रिया दिनुहोस

Loading...