फ्रेण्डसमा ब्राजिलियन प्रशिक्षकको पनि आगमन

काठमाडौं (खेलदैनिक) । यस बर्षको ए डिभिजन लिगमा तम्तयार भएर लागि परेको फ्रेण्डस क्लबले ब्राजिलियन प्रशिक्षक फिलिपेलाई समेत नियुक्त गरेको छ ।

स्मरणीय छ, फ्रेण्डसले लिगकै लागि भनेर हालै तीन ब्राजिलियन फुटबल खेलाडीलाई समेत अनुबन्ध गरेको थियो । आइतबार नेपाल आइपुगेका फिलिपेलाई फ्रेण्डस क्लबका अध्यष राजिव पौडेल तथा अन्य पदाधिकारीहरुले स्वागत गरेका थिए ।

क्लबका अनुसार फिलिपेले सोमबारदेखि नै क्लबको जिम्मेवारी सम्हाल्ने छन् । फ्रेण्डसले हालै आगामी लिगका लागि करोडौं खर्चिन तयार रहेको समेत बताएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...