साग पुरुष फुटबलमा भारतले नखेल्ने भएपछि नयाँ खेलतालिका सार्वजनिक

काठमाडौं (खेलदैनिक) । यहि मंसिर १५ गतेदेखि शुरु हुन गईरहेको दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष फुटबलतर्फ दावेदार टोली भारतले नखेल्ने भएपछि नयाँ खेलतालिका सार्वजनिक गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको नयाँ खेलतालिका अनुसार अब सहभागि पाँच टोली राउण्ड रोबिन लिगका आधारमा खेल्नेछन् ।

नयाँ खेलतालिकाअनुसार अब खेल मिति पनि परिवर्तन गरिएको छ । यसअघि उद्घाटन खेल डिसेम्बर १ तारीखका दिन हुने भनिए तापनि अब २ तारीखका दिन हुनेछ । उद्घाटन खेलमा भुटान र बंगलादेश भिड्नेछन् । त्यस्तै सोही दिन दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका पनि आमने सामने हुनेछन् ।

नेपालले आफ्नो पहिलो खेल भने ३ डिसेम्बरका दिन भुटानसँग खेल्नेछ । त्यस्तै सोही दिन अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।

लिग चरणको प्रतिस्पर्धा पश्चात् शिर्ष स्थान हासिल गर्ने दुई टोली फाइनलमा स्वर्णका लागि भिड्ने छन् । यस्तो छ परिवर्तित नयाँ खेलतालिका ।


प्रतिक्रिया दिनुहोस

Loading...