सहज जितका साथ झरना क्वाटरफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । उपाधिको बलियो प्रत्यासी मानिएको झरना स्पोर्टस क्लब तिलोत्तमा–१४ बाघधुरा देवीनगरमा जारी तेस्रो सन्जिवनी कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार तिलोत्तमा १४ देवीनगर स्थित आयोजक क्लबको मैदानमा भएको प्रिक्वाटरफाइनल खेलतर्फ झरनाले न्यु राईज युथ क्लबलाई २–० ले हरायो । झरनाको जितमा निशान सुनार र सेठ परियारले गोल गरे ।

खेलको म्यान अफ द म्याच झरना स्पोर्टस कै गोलकर्ता निशान सुनार घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर ११ गते बुधबारको खेल फर्साटिकर युवा क्लब र न्यु सिर्जना युवा क्लबबीच हुने खेल संयोजक कमल परियारले बताए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...