जुमानु निर्णायक बन्दा पुलिस फाइनलमा

काठमाडौं (खेलदैनिक) । जुमानु राई निर्णायक बनेको खेलमा नेपाल पुलिस क्लबले जारी तेस्रो चन्द्रोगिरी मेयर गोल्डकप ए डिभिजन नकआउट फुटबल प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ ।

चन्द्रागिरी नगरपालिका–१३ नैकाप स्थित स्थानीय खेलमैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा पुलिसले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई १–० ले हरायो । खेलमा पुलिसका लागि ८१औं मिनटमा जुमानु राईले एक मात्र निर्णायक गोल गरे ।

राई नै खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको दोस्रो सेमिफाइनल खेल थ्रीस्टार क्लब र एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

दिपशिखा युवा समूह, चन्द्रागिरी, पुरानो नैकापको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ३ लाख २५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...