सागमा नेपाली यु–२३ फुटबल टोलीको कप्तानी सुजलले गर्ने

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली यु–२३ पुरुष फुटबल टोलीको कप्तानी सिनियर टोलीका मिडफिल्डर सुजल श्रेष्ठले गर्ने भएका छन् ।

सागमा सहभागिता जनाउने टिमहरुको नियमअनुसार एक टिमले बढीमा तीन सिनियर खेलाडीलाई समावेश गर्न पाउने प्रावधान छ । जसअनुसार नेपाली यु–२३ टोलीमा सुजल सहित बिकेश कुथु र बिक्रम लामा समावेश छन् ।

सागको पुरुष फुटबलतर्फ समूह ए मा रहेको आयोजक नेपालसँगै बंगलादेश र भुटान रहेका छन् । नेपालले आफ्नो खेल उद्घाटन कै दिन बंगलादेशसँग खेल्नेछ ।

पुरुष फुटबलतर्फका खेलहरु काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछन् भने महिला फुटबलतर्फका खेलहरु पोखरा रंगशालामा हुनेछन् । यहि आउँदो डिसेम्बर १ देखि १० तारीखसम्म नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद तीन शहरहरु काठमाडौं, पोखरा र जनकपुरमा हुँदैछन् ।

यस्तो छ साग खेल्ने यु–२३ पुरुष फुटबल टोली :

गोलकपिर्स : बिकेश कुथु, अर्पन कार्की, दिप कार्की

डिफेन्डर्स : अनन्त तामाङ, सुमन अर्याल, बिक्रम लामा, बिकास खवास, मिचेन तामाङ, छिरिङ गुरुङ, राजेश परियार

मिडफिल्डर्स : सुजल श्रेष्ठ (कप्तान), सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, तेज तामाङ

फरवार्डस : राजिव लोप्चन, अभिषेक रिजाल, रेजिन सुब्बा, प्रिजेन तामाङ


प्रतिक्रिया दिनुहोस

Loading...