कर्ण लिम्बुको कप्तानीमा झापालाई भारतमा उपाधि

झापा (खेलदैनिक) । पूर्वी नेपालको चर्चित फुटबल क्लब झापा ११ एफसीले छिमेकी मुलुक भारतमा सफलता सफलता हात पारेको छ । गुरुबथानमा आयोजित गुरुबथान गोल्डकप २०१९ मा नेपालको झापा ११ एफसी च्याम्पियन बनेको हो ।

पूर्वेली फरवार्ड कर्ण लिम्बूको कप्तानीमा मैदान उत्रेको झापा ११ ले आइतबार आयोजित फाइनल भिडन्तमा भारतकै युनाइटेड ब्रदर्स कालिम्पोङलाई २–१ गोलले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

खेलको दोस्रो मिनटमै युनाइटेड ब्रदर्सका खेलाडीले गोल गरेर टोली शुरुवाती अग्रता लिएका थिए । तर, खेलमा उत्कृष्ट पूनरागमन गरेको झापाका मिलन राई खेलको चौथो मिनेटमै बराबरी गोल फर्काएका थिए ।

त्यस्तै खेलको ३६औं मिनटमा सञ्जोग राईले झापाका लागि निर्णायक गोल गर्दै टोलीलाई उपाधि जिताउन निर्णायक भूमिका पनि खेले । फाइनल खेलको म्यान अफ दी म्याच झापा ११ का सञ्जोग राई घोषित भए ।

त्यसैगरी पराजित युनाइटेड ब्रदर्सका समिप गुरुङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । झापा कै मनोज प्रधान उत्कृष्ट गोलरक्षक बने । विजेता बनेको झापाले उपाधिसहित एक लाख भारतीय रुपैयाँ प्राप्त गर्यो । उपविजेत ाबने युनाइटेड ब्रदर्सले भने ५० हजार रुपैयाँमा चित्त बुझायो ।


प्रतिक्रिया दिनुहोस

Loading...