मनाङमा आवद्ध भए जगजित

काठमाडौं (खेलदैनिक) । पछिल्लो केही बर्ष यता अष्ट्रेलियामा रहेका नेपालका अन्तर्राष्ट्रिय फुटबल खेलाडी जगजित श्रेष्ठले यस बर्ष शहिद स्मारक ए डिभिजन लिग साविक विजेता मनाङ मस्र्याङ्दी क्लबबाट खेल्ने भएका छन् । गोलनेपालका अनुसार जगजितको मनाङसँगको अनुबन्धमा आफ्नो सहमति समेत जनाइसकेका छन् ।

पूर्व हिमालयन शेर्पा क्लब तथा थ्रीस्टार क्लबका मिडफिल्डर समेत रहेका जगजितले मनाङसँग तीन महिनाको सम्झौता गरेका छन् । सो कुराको पुष्टी स्वयम् मनाङले पनि गरेको छ ।

मनाङका पदाधिकारी मुखिया लामाले जगजितको अनुबन्धबारे पुष्टी गरे । लामाले भने, “हो हामीले जगजितलाई लिगका लागि अनुबन्ध गरेका छों । उनलाई क्लबमा स्वागत गर्न पाउँदा उनी खुशी पनि छौं ।”

रिपोर्टअनुसार जगजितले धेरै समयका लागि नभए तापनि नेपाली फुटबलका लागि थोरै समयको सम्झौता गरेको बताएका छन् । स्मरण रहोस, अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी महिनादेखि ए डिभिजन लिगको आयोजना गर्दैछ । जसमा काठमाडौं उपत्यकाका कुल १४ टोलीहरुले सहभागिता जनाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...