तेस्रो सन्जिवनी कप शुरु, नव टिकुलीगढको विजयी शुरुवात

तिलोत्तमा (खेलदैनिक) । रुपन्देही जिल्लाका अधिकांश स्थानीय खेलाडीहरुले अवसर पाउने सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको तेस्रो संस्करण मंसिर ६ गते शुक्रबारदेखि शुरु भएको छ ।

तिलोत्तमा–१४, बाघधुरा देवीनगर स्थित क्लबको खेलमैदानमा भएको उद्घाटन खेलमा नव टिकुलीगढ एफसीले फर्साटिकर एकेडेमीलाई ३–० ले हरायो । नव टिकुलीगढको जितमा एमोस पुन र साहिल रानाले एक–एक गोल गरे भने अर्को खेल फर्साटिकरका नर बहादुर चालिसेले आत्मघाती गोलका रुपमा गरेका थिए ।

खेलमा विजयी टोली नव टिकुलीगढका साहिल राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर ७ गते शनिबारको खेल योङ स्टार मडाहा र न्यु एभरेष्ट युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।

नाइन ए साईडका रुपमा खेलाइएको प्रतियोगितामा रुपन्देहीका कुल १६ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक सन्जिवनी युवा क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले बताए । प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...